अशोक विनायक (मरु गणेश) पुस्तक विमोचन गरिएको छ।
काठमाडौंको हनुमानढोकाअन्तर्गत मरु गणेशस्थानमा अशोक विनायकका पुजारी गुथिका नाय: तीर्थमान महर्जन र प्रा.डा. चुना बज्राचार्यले शनिबार संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।
यो पुस्तक त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पसअन्तर्गत इतिहास तथा बाैद्ध अध्ययन विभागकी प्रमुख उपप्राध्यापक जुनु बासुकला रञ्जितकारले लेखेकी हुन्।
अशोक विनायक (मरु गणेश) उनको पाँचौं माैलिक कृति हो।
यसअघि उनले 'भक्तपुरकाे पञ्चदान पर्व', 'धम्मदूत', 'चारुमति स्तूप' र 'हनुमानढाेका दरवारका भित्तेचित्र' पुस्तक प्रकाशित गरेकी थिइन्।
उनले संयुक्त लेखनमा 'साधनमाला' साथै चार दर्जनबढी अनुसन्धानात्मक लेखहरू प्रकाशित पनि गरेकी छन्।
अशाेक विनायक पुस्तकमा अहिलेसम्म पाइएका ऐतिहासिक दस्तावेजहरू समावेश गरिएका छन्।