सल्यानमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
शनिबार बिहान ८ बजेतिर त्रिवेणी गाउँपालिका –५ सिम्कस्थित सरस्वती मावि स्कुल नजिकै लु ०२–००१ ज ०००५ नम्बरको जिप भित्री सडकबा६ करिब ९० मिटर मुनी खसेर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते ६ जनालाई उद्धार गरी जिल्ला अस्पताल खलंगा पठाइएको प्रहरी निरीक्षक देबराज भट्टराईले जानकारी दिए।
घाइतेको अवस्था बारे थप कुरा केही बेरमा खुल्ने प्रहरीले जनाएको छ।
बिहान ८ बजेतिर जिप आँफै अनियन्त्रित भइ खसेको भन्ने सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।