काठमाडौंमा अखिल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघले विभिन्न माग राख्दै शान्तिपूर्ण आन्दोलन गरेको छ।
संघले भारतीय गोर्खा सेनामा नेपाली युवाको भर्ती प्रक्रिया पुनः सुरु गर्न र त्यसका लागि भर्तीसम्बन्धी सूचना सार्वजनिक गर्न माग गरेको छ।
साथै, बेरोजगार नेपाली युवालाई रोजगारीको व्यवस्था गर्न तथा पूर्व गोर्खा सैनिकका संस्था र संगठनको दर्ता एवं नवीकरण सहज बनाउन पनि माग गरेको छ।
र्यालीमा सहभागीहरूले भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न आवश्यक प्रक्रिया अघि बढाउँदै भर्तीसम्बन्धी सूचना जारी गर्न पनि माग गरेका छन्।
भारतले सन् २०२२ मा अग्निपथ योजना लागू गरेपछि नेपाली युवाको भारतीय सेनामा भर्ती प्रक्रिया रोकिएको छ।
नयाँ योजनाअन्तर्गत चार वर्षका लागि अग्निवीर भर्ना गर्ने व्यवस्था छ। यस विषयमा नेपाल र भारतबीच सहमति हुन नसक्दा भर्ती प्रक्रिया पुनः सुरु हुन सकेको छैन।
तस्बिरहरूः










