काठमाडौंको नक्सालस्थित ऐतिहासिक बालमन्दिरको पुनर्निर्माण अझै पूरा भएको छैन।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भवनको पुनर्निर्माण २०७६ सालदेखि सुरु भएको थियो। भुकम्प गएको ११ वर्ष बितिसक्दा र पुननिर्माण सुरू भएको समेत सात वर्ष पुगिसकेको छ।
तर काम पूरा भएको छैन।
तत्कालीन बडामहारानी रत्न राज्यलक्ष्मी शाहले असहाय तथा अनाथ बालबालिकाको संरक्षण गर्ने उद्देश्यले २०२१ सालमा स्थापना गरेको बालमन्दिर नेपाली समाजको महत्वपूर्ण सामाजिक धरोहर मानिन्छ।
पछिल्लो समय बालमन्दिरको अगाडि मोहडा रंगरोगन गरिएको छ। अगाडिबाट हेर्दा पुनर्निर्माण भइसकेको जस्तो देखिए पनि भित्री भाग भने खण्डहर छ।
भवन जीर्ण बन्दै गएपछि बालबालिकाको सुरक्षामा समेत प्रश्न उठ्दै आएको थियो।
ऐतिहासिक तथा सामाजिक महत्व बोकेको बालमन्दिरको पुनर्निर्माण लामो समयसम्म पूरा हुन नसक्दा यो राज्यको प्राथमिकतामा नपरेको देखिएको छ।
-1789271267.jpg)
-1789271266.jpg)
-1789271267.jpg)
-1789271267.jpg)
-1789271267.jpg)
-1789271267.jpg)
-1789271266.jpg)
-1789271266.jpg)
-1789271266.jpg)
-1789271266.jpg)
-1789271266.jpg)