नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति संयोजक तारामान गुरूङ ८ दिन हिरासत बसेर छुटेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले गुरूङलाई ८ दिन हिरासतमा राखेर रिहा गरेको हो।
एसएसपी दिलिप घिमिरेका अनुसार चेक बाउन्सको कसुरमा गुरूङलाई प्रहरीले भदौ १८ गते पक्राउ गरेको थियो।
तीन जनाले चेक बाउन्सको कसुरमा जाहेरी दिएका थिए।
तीनै जनाको रकम बुझाएपछि गुरूङ भदौ २६ गते रिहा भएको एसएसपी घिमिरेले बताए।
पूर्वराज्यमन्त्री समेत रहेका गुरूङविरूद्ध दोर्जे शेर्पाको ३३ लाख ५० हजार रुपैयाँ, रिगुज्याम्पु शेर्पाको १४ लाख र सुनुर्पु शेर्पाको २४ लाख रुपैयाँ चेक बाउन्स भएको थियो।
तीनै जनालाई उनले रकम बुझाएपछ रिहा भएका छन्।