कैलालीमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते छन्।
मोटरसाइकलमा पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ (क) गाउँका १४ वर्षीय क्रिस गोतामेको आइतबार बेलुकीपख मृत्यु भएको हो।
मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका–८ का २२ वर्षीय दिनेश थापा घाइते छन्। घाइतेको माया मेट्रो अस्पताल धनगढीमा उपचार जारी छ।
थापाले चलाएको सु.प.प्र. ०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई दिउँसो पौने ४ बजेतिर कैलाली धनगढी उपमहानगरपालिका–२ मिलन चोकमा सु.प.प्र. ०१–००२ स ६११ नम्बरको अटोरिक्साले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो।
अटोचालक धनगढी–२ आदर्श टोलका १८ वर्षीय अंकित गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।