राष्ट्रिय खेलकुद परिषद्ले १३ औं दक्षिण एसियाली खेलकुद(साग) का पदक विजेता नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराएको छ।
बिहान ११ बजेदेखि दशरथ रंगशालाबाट नगर परिक्रमा सुरू गरिने भनिए पनि वर्षाका कारण ढिलो गरी सुरु भएको थियो।
खेलाडीहरूलाई स्कोरपियो गाडीमा राखेर नगरपरिक्रमा गराइएको हो। झरी परे पनि खेलाडीहरू परिक्रमामा सहभागी भएका थिए।
राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरबाट सुरु भएर न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटिमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, सल्लाघारी, सूर्यविनायक चोकको परिक्रमा गर्दै पुनः सल्लाघारी, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर परिक्रममा टुंगिने कार्यक्रम छ।
मंसिर २४ गते सकिएको सागमा नेपालले ५१ स्वर्णसहित २०६ पदक जितेको थियो।
सरकारले सागका स्वर्ण विजेतालाई ९ लाख, रजतलाई ६ लाख र कास्य जित्नेलाई ३ लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ।
तस्बिरहरू :
![](/uploads/shares/2019/0-1/1.jpg)
![](/uploads/shares/2019/0-1/10.jpg)
![](/uploads/shares/2019/0-1/11.jpg)
![](/uploads/shares/2019/0-1/12.jpg)
![](/uploads/shares/2019/0-1/13.jpg)
![](/uploads/shares/2019/0-1/14.jpg)
![](/uploads/shares/2019/0-1/2.jpg)
![](/uploads/shares/2019/0-1/3.jpg)
![](/uploads/shares/2019/0-1/4.jpg)
![](/uploads/shares/2019/0-1/5.jpg)
![](/uploads/shares/2019/0-1/6.jpg)