जारी विश्वकपमा फेरि पनि वर्षाका कारण खेल प्रभावित बनेको छ। मंगलबार श्रीलंका तथा बंगलादेशबीच हुने भनिएको खेल वर्षाका कारण हुन पाएन।
खेल रद्ध भएपछि दुबै टोलीले १-१ अंक बाँडेका छन्। जारी विश्वकपमा वर्षाका कारण खेल रद्ध भएपछि श्रीलंकाले अंक बाँडेको यो दोस्रो पटक हो।
यसअघि सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल पनि वर्षाका कारण रद्ध भएको थियो।