भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बिसिसीआई)का मूख्य चयनकर्ता एमएसके प्रसादले विश्वकप टोलीमा नपरेपछि अम्बाती रायडुले गरेको थ्री डी ट्वीटको आफूले पूरा आनन्द लिएको बताएका छन्।
विश्वकप टोलीमा नपरेपछि रायडुले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए।
वेस्ट इण्डिज भ्रमणका लागि टोलीको घोषणा गरेपछि प्रसादले भने, 'रायडु कहाँ उपयूक्त हुन्छन भनेर कयौं कार्यक्रम तय गरिएको थियो। चयन समितिले कुनै खेलाडी विशेषप्रति कुनै पूर्वाग्रह राख्दैन।'
'जब रायडुलाई टि-२० क्रिकेटमा गरेको प्रदर्शनको आधारमा वान डे मा राख्दा आलोचना भएको थियो तर हामीले उसको बारेमा सोचेका थियौं', उनले भने।
त्यस्तै उनले आफूहरू रायडुको विरूद्ध नरहेको स्पष्ट पारे।
'जब उनी शारिरिक परिक्षणमा असफल भए तब हामीले उसको समर्थन गरेका थियौं। उनलाई फिटनेस कार्यक्रममा राख्यौं। केहि समिकरणका कारण उनलाई छनौट गरिएन तर यसको मतलब यो होइन की चयन समिति उनी विरूद्ध छ' प्रसादले स्पष्ट पारे।
रायडु विश्वकप खेल्ने १५ सदस्यीय अटाएनन्।
रिजर्व खेलाडीमा उनको नाम थियो तर शिखर धवन र विजय शंकर घाइते भएर घर फर्किए पनि उनले मौका पाएनन्। उनको सट्टा मंयक अग्रवाल र ऋषभ पंतलाई टोलीमा बोलाइयो। त्यसपछि उनले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे।
टोलीमा उनको सट्टा विजय शंकरलाई टोलीमा राख्नु कारण दिदैं प्रसादले शंकरले टोलीलाई ३ आयाम(थ्री डी) प्रदान गर्ने बताए।
रायडुले यसको खिल्ली उडाउँदै विश्वकप हेर्नका लागि आफूले नयाँ थ्री डी चश्मा किनेको भन्दै व्याङ्ग्यात्मक ट्वीट गरेका थिए।
रायडुले भारतका लागि कुल ५५ वान डे खेलेका छन्। यसमा उनले ४७.०५ को औषतले १ हजार ६ सय ९४ रन बनाएका छन्। उनको सर्वाधिक स्कोर १२४ रहेको छ। यस तथ्याकंमा ३ शतक तथा १० अर्धशतक सामेल छ।
यस्तै ६ टि-२० खेलेका रायडुले १०.५ को औषतले केबल ४२ रन जोडेका छन्।
यसैगरी उनले पहिलो स्तरको क्रिकेटमा ९७ खेलबाट ६ हजार १ सय ५१ रन बनाएका छन्।