एसिसी टी-२० पूर्व क्षेत्र क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले घरेलु टोली थाइल्याण्डबाट ६७ रनको लक्ष्य पाएको छ।
निर्धारित २० ओभरको समाप्तीमा थाइल्याण्डले जम्मा ६६ रन मात्र जोड्न सफल भयो। नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट हात पारे।
अविनाश बोहोराले २ विकेट हात पार्दा सन्दीप लामिछाने र भुवन कार्कीले समान एकएक विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।
थाइल्याण्ड भ्रमणमा रहेको नेपालले यसअघि दुईवटै खेलमा पराजय बेहोरेको थियो। नेपाल पहिलो खेलमा मेलेसिया र दोस्रो खेलमा हङकङसँत पराजित भएको थियो।
प्रतियोगितामा नेपाल, मलेसिया, हङकङ, थाइल्यान्ड र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिताका शीर्ष २ टिम एसिया कप छनोटमा पुग्नेछन्।