नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण विजेता लुम्बिनी लायन्स ट्रफी टुरको सिलसिलामा आइतबार दाङको तुलसीपुरमा आइपुगेको छ।
पुस ५ गतेदेखि बाँकेको नेपालगञ्ज हुँदै बर्दिया पुगेको ट्रफी सेलिब्रेसन टुर दाङमा आउँदा त्यसको भव्य स्वागत भयो।
ट्रफी विजेता लुम्बिनी लायन्सको ट्रफी सेलिब्रेसन टुरमा कुनै पनि खेलाडी नभए पनि अफिसियल टिम सहितको टोली तुलसीपुर आउँदा सर्वसाधारण मानिसहरूले उल्लास साटे। हुटिङ गर्दै लुम्बिनी लाइन्सको सफलतामा रमाए। चियरअप गरे।
तुलसीपुरको वीरेन्द्र चोकमा ट्रफी प्रदर्शन गर्दा तुलसीपुरबासी गाउँदै नाचे। केहीबेरको ट्रफी प्रदर्शनीमा तुलसीपुरको यातायात व्यवस्था ठप्प प्राय: बन्यो।
तुलसीपुरमा लुम्बिनी लायन्स ट्रफी टुरका क्रममा मस्कटसँग तस्बिर खिचाउनेहरूलाई भ्याइनभ्याई थियो। च्याम्पियनसिप लेखेको ब्यानर, भ्यानका अघि उभिएर तस्बिर खिचाउनेहरू पनि उत्तिकै थिए।
लुम्बिनी लाइन्सका फ्रेन्चाइज म्यानेजर गौरब फुँयालले १२ वटा जिल्ला मिलेर बनेको लुम्बिनीको साझा ट्रफी भएको हुँदा त्यो खुसी साट्न १५ दिन लामो ट्रफी टुरको आयोजना गरिएको बताए।
लुम्बिनीका हरेक मानिसहरूको प्रतिनिधित्व बोकेको हुँदा प्रदेश भएको हरेक संस्कृतिका मानिसले अपनत्व ग्रहण गर्न सकून् भनेर ट्रफी टुर गर्ने निर्णय भएको बताए।
‘यो ट्रफी लुम्बिनीको सो केस जस्तै हो,’ गौरवले भने, ‘सबै लुम्बिनी बासी र फ्यानहरूलाई जोड्ने हिसाबले भ्रमण गर्नु परेको हो।’
ट्रफी टुर गराउने क्रममा तुलसीपुर आउँदा केहीबेर मानिसहरूको भिडभाडका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको सवालमा फुँयालले माफी पनि मागेका छन्।
‘हामी आउँदा आउँदै सडक यसरी भरिएको थियो कि हामीले त्यो नियन्त्रण गर्ने कुनै वातावरण नै थिएन। त्यही भएर पनि सर्वसाधारणले दुःख नपाउन भनेर प्रदर्शनी चाँडो सिध्याएका हौं।’
पुस ५ गते बाँके जिल्लाको नेपालगंजस्थित बागेश्वरी मन्दिरदेखि सुरू भएको ट्रफी सेलिब्रेसन टुर बर्दियाको गुलेरिया हुँदै भन्सागढीसम्म पुगेर फेरि फर्किएर बाँकेको कोहलपुर हुँदै पुस ६ गते दाङको तुलसीपुर र घोराहीमा आइपुगेको हो।
यो प्रदर्शन पुस ७ गते रूकुम पूर्वको रूकुमकोट हुँदै पुस ८ गते रोल्पाको लिवाङ–सुलिचौर पुग्ने कार्यतालिका छ।
त्यस्तै, पुस ९ गते प्युठानको भिङ्ग्री हुँदै नेपालकै चर्चित स्वर्गद्वारी मन्दिर, पुस १० गते विजुवार बरुङ्लादेखि चकचके दरभाङ र दाङको भालुवाङसम्म टुर गर्ने योजना छ।
पुस ११ गते कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर–तौलिहवा–गोरुसिँगेसम्म, पुस १२ गते अर्घाखाँचीको सुपादेउराली मन्दिरदेखि सन्धिखर्कसम्म, पुस १३ गते गुल्मीको तम्घाससम्म, पुस १४ गते पाल्पाको तानसेन बजार र पुस १५ गते नवलपरासीको बर्दघाट–सुनवलसम्म हुँदै पुस १५ गते नै रूपन्देहीको भैरहवादेखि लुम्बिनीसम्मको टुर गर्ने उद्देश्य राखिएको छ।
पुस १६ गते बुधबार बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म भब्य टुर आयोजना हुने तथा मेगा कन्सर्ट आयोजना गरिने भएको छ।
एनपिएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको थियो।
एनपिएलको पहिलो संस्करण भने जनकपुर बोल्ट्सले जितेको थियो।
तस्बिर:
-1766317994.jpg)
-1766317994.jpg)
-1766317994.jpg)
-1766317993.jpg)
-1766317993.jpg)
-1766317992.jpg)
-1766317994.jpg)
-1766317992.jpg)
-1766317992.jpg)
-1766317992.jpg)
-1766317992.jpg)
-1766317992.jpg)