आइसिसी महिला टी-२० विश्वकपको विश्व छनोटको खेल तालिका सार्वजनिक गरिएको छ। नेपालको त्रिवि मैदान र मुलपानी मैदानमा हुने खेल तालिकाअनुसार नेपालको पहिलो खेल थाइल्यान्डविरूद्ध हुनेछ।
समूह बीममा नेपालले स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपालले आयरल्यान्ड र अमेरिकासँग वाम अप खेल खेल्नेछ।
छनोटमा १० देश सहभागी हुनेछन्। तीमध्ये शीर्ष चार देश इङल्याण्डमा सन् २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।
समूह ए : बंगलादेश, आयरल्यान्ड, पिएनजी, नामिबिया, अमेरिका
समूह बी : स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल
वम अफ खेल
नेपाल भर्सेस आयरल्यान्ड – तल्लो मुलपानी क्रिकेट मैदान – पुस ३०
नेपाल भर्सेस अमेरिका – त्रिवि क्रिकेट मैदान – माघ २
नेपालको खेल
नेपाल भर्सेस थाइल्यान्ड – माथिल्लो मुलपानी मैदान – माघ ४
नेपाल भर्सेस नेदरल्यान्ड्स -माथिल्लो मुलपानी मैदान – माघ ८
नेपाल भर्सेस जिम्बावे – त्रिवि मैदान – माघ १०
नेपाल भर्सेस स्कटल्यान्ड – त्रिवि मैदान – माघ १२

