पाकिस्तानले युएईमा सम्पन्न एसिसी यू-१९ एसिया कपको उपाधि जितेको छ।
आइतबार दुबईमा भएको फाइनल भिडन्तमा भारतमाथि १९१ रनको सानदार जित निकाल्दै पाकिस्तान युवा टोलीले एसिया कप जितेको हो।
पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६ रनमा अलआउट भयो।
आक्रामक सुरूवात गरे पनि भारतका ओपनिङ ब्याटर तथा कप्तान आयुष म्हात्रे २ रनमा आउट हुँदा ओपनर वैभव सूर्यवंशी १० बलमा २६ रन बनाएर आउट भएका थिए। आरोन जर्स ९ रनमा १६ रन बनाएर आउट भएको अर्को बलमा सूर्यवंशी पेभिलियन फर्किएका थिए। जसका कारण भारत सुरुमै दबाबमा परेको थियो।
त्यसपछि भारतका लागि कुनै पनि ब्याटरले धैर्यपूर्वक ब्याटिङ गर्न सकेनन्।
बलिङमा पाकिस्तानका अली राजाले ३ विकेट लिए भने मोहमद सायान, अब्दुल शुभन र हुजैफा हसनले २-२ विकेट लिए।
त्यसअघि समीर मिन्हासको शतकको मद्दतमा पाकिस्तानले दुबईमा टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३४७ रन बनायो।
सीमरले ११३ बलमा १७ चौका र ९ छक्काको मद्दतमा १७२ रन जोडे। हमेद हुसेनले ७२ बलमा ५६ रन बनाए।
बलिङमा भारतका दीपेश देवेन्धरनले ३ विकेट लिए भने हेलिन पटेल र खिलान पटेलले २-२ विकेट लिए।
यसअघि सेमिफाइनलमा भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई पराजित गरेर फाइनलमा स्थान बनाएका थिए।
प्रतियोगितामा नेपालले पनि भाग लिएको थियो। समूह ‘बी’ मा नेपालले बंगलादेश, श्रीलंका र अफगानिस्तानविरूद्धका तीनै खेलमा पराजय भोगेको थियो।