आगामी जुलाइमा नेदरल्यान्ड्समा हुने नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको आइसिसी क्रिकेट विश्वकप लिग २ को सिरिजको तयारी नेपालले जर्सीमा गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का अनुसार नेपाली टोलीले क्याम्पसहित जर्सीको टोलसँग दुई वटा एकदिवसीय खेल समेत खेल्नेछ।
जर्सी हाल लिग-२ भन्दा तल्लो श्रेणीको च्यालेन्ज लिगबाट छनोट भएर विश्वकप छनोटका लागि छानिएको टोली हो।
नेपालले जर्सीसँग जुलाई १३ र १५ मा एकदिवसीय खेल खेल्नेछ।
लिग-२ को अन्तिम दुई सिरिज बाँकी रहदा नेपाल २८ खेलबाट २४ अंक जोड्दै पाँचौ स्थानमा छ। शीर्ष चारमा पर्नका लागि नेपालका लागि यो सिरिज महत्वपूर्ण छ।
नेपालले लिग-२ को अन्तिम सिरिज भने ओमान र क्यानडासँग ओमानमा खेल्ने कार्यक्रम छ।