जापानमा असोज ३ देखि १८ गते सम्म आयोजना हुने २०औं एसियन गेम्समा प्रतिस्पर्धा गर्ने नेपाली पुरुष क्रिकेटको नामावली सार्वजनिक गरिएको छ।
नेपाल ओलम्पिक कमिटीले सार्वजनिक गरेको सूचीमा यसअघि ए टोलीमा अस्ट्रेलिया गएका कुशल मल्ल र कुशल भुर्तेलसहित एकदिवसीय टोलीमा नपरेका सोमपाल कामी छन्।
पुरुष क्रिकेटमा नेपाल, मलेसिया, हङकङ र ओमानले छनोट चरण पार गर्दै आफ्नो स्थान सुरक्षित गरेका थिए।
यस्तै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाले वरियताका आधारमा सिधै खेल्नेछ।
जापान आयोजक राष्ट्रको नाताले सहभागी हुनेछ।
नेपालले समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग खेल्नेछ। शीर्ष दुईमा परे क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्न पाउनेछ।
नेपाल क्रिकेट टोली
दीपेन्द्रसिंह ऐरी, लोकेश बम, कुलश भुर्तेल, गुल्सन कुमार झा, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, कुशल मल्ल, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, आरिफ शेख, आसिफ शेख, नन्दन यादव।
टिम लिडर : विनोद कुमार दास
प्रशिक्षक : स्टुअर्ट ग्रान्ट ल
प्रशिक्षक : अब्दुल सतार्
फिजियो : लोकेन्द्र कुँवर
प्राविधिक विश्लेषक : रमन सिवाकोटी