एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपका लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थक, शुभेच्छुक तथा नेपाल क्रिकेट संघका पदाधिकारीहरूले भव्य स्वागत गरेका छन्।
उपाधि जितेर एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली टोलीका खेलाडीलाई समर्थकहरूले फूलमाला, खादासहित स्वागत गरेका थिए।
टोलीको सफलताले नेपाली क्रिकेट समर्थकमा थप उत्साह र खुसी छाएको छ।
शनिबार मलेसियामा फाइनलमा युएईलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको थियो।
उत्कृष्ट प्रदर्शन गरेको नेपालले उपाधिसँगै अर्को वर्ष हुने एसिया कपमा स्थान बनाएको हो।
तस्बिरहरूः
-ink-1789346138.jpeg)
-ink-1789346138.jpeg)
-ink-1789346138.jpeg)
-ink-1789346138.jpeg)
-ink-1789346138.jpeg)
-ink-1789346137.jpeg)
-ink-1789346137.jpeg)
-ink-1789346137.jpeg)
-ink-1789346137.jpeg)
-ink-1789346137.jpeg)
-ink-1789346137.jpeg)
-ink-1789346136.jpeg)
-ink-1789346136.jpeg)
-ink-1789346136.jpeg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी