थ्रीस्टार क्लब सुदूरपश्चिम अन्तरार्ष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा बुधवार भएको दोस्रो क्वाटरफाईनलमा जित हात पार्दै अन्तिम चारमा पुगेको हो।
पहिलो चरणमा वाई पाएर क्वाटरफाईनल पुगेको थ्रीस्टारले सिमराको नव जनजागृती क्लबलाई २–० ले हराएको हो।
थ्रीस्टारको जितमा संजोग राई र आशिष राईले एक एक गोल गरे। खेलको ८० औं मिनेटमा निशान खड्काको पासमा संजोगले हेड गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए।
त्यसपछि खेलको ८१ औं मिनेटमा आशिषले गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे। आशिषले पनि निशान खड्काकै पासलाई सदुपयोग गरे। खेलको म्यान अफ दि म्याच थ्री स्टारका कप्तान विक्रम लामा चुनिए।
अब थ्रीस्टारले फाइनल प्रवेशको लागि हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीचको विजेतासँग खेल्नेछ।
प्रतियोगिताको तेस्रो क्वाटरफाईनलमा बिहीबार नेपाल पुलिस क्लब र एपिएफ क्लब भिड्ने छन्। फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।