साफ यू-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गरेको छ।
सोमबार माल्दिभ्समा भएको खेलमा नेपालले भुटानमाथि २-१ गोलको जित निकालेको हो।
नेपालका लागि सुजन डंगोलले सातौ र सुवास बमले ५३ मिनेटमा गोल गरे। भुटानका लागि डेम्डुपले ८४ मिनेटमा गोल गरे।
नेपालको समूहमा आयोजक माल्दिभ्स र श्रीलंका छन्।
अब नेपालले पर्सी बुधबार श्रीलंका र शुक्रबार माल्दिभ्ससँग खेल्नेछ। समूहको शीर्ष दुईमा परे नेपाल सेमिफाइनलमा पुग्नेछ।