रहिम स्टर्लिङले गरेको गोल निर्णायक बन्दा इंग्ल्यान्डले युरो २०२० मा विजयी सुरूवात गरेको छ।
आइतबार साँझ लन्डनमा भएको समूह 'डी' को खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १-० गोलले पराजित गर्यो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा इंग्ल्यान्डका फिल फोडेनको प्रहार पोस्टमा लागेको थियो।
खेलको ५७ मिनेटमा घरेलु टिम इंग्ल्यान्डले अग्रता लियो। इंग्ल्यान्डका लागि स्टर्लिङले उत्कृष्ट फिनिसिङ गरे।
फिलिप्सले उपलब्ध गराएको पासमा स्टर्लिङले बललाई जाली चुमाए।
आजको दोस्रो खेलमा राति अस्ट्रिया र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ। समूह 'सी' अन्तर्गतको खेल रोमानियाको राजधानी बुचारेस्टमा राति ९:४५ बजे सुरू हुनेछ।
यस्तै समूह 'सी' कै अर्को खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुँदैछ। खेल आम्स्टर्डममा राति १२:४५ बजे सुरू हुनेछ।