मेचीनगर–१५ ज्यामिरगढीको त्रिवेणी युवा क्लबले आयोजना गर्न लागेको त्रिवेणी च्यालेञ्ज कप–२०८२ फुटबल प्रतियोगिता आगामी मंसिर १० गतेदेखि सुरु हुने भएको छ।
क्लबले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता सञ्चालनको मिति सार्वजनिक गरेको हो।
यसअघि प्रतियोगिता असोज ३ गतेदेखि सुरु गर्ने तयारी थियो। तर ‘जेनजी आन्दोलन’का कारण प्रतियोगिता स्थगित गर्नु परेको क्लबले जनाएको छ। हाल देशको अवस्था सामान्य बनेको र खेलकुद वातावरण पनि सहज भएकाले पुनः मिति तय गरिएको क्लबका अध्यक्ष विदुरसिंह खवास (अजित) ले बताए।
उनका अनुसार प्रतियोगिता ज्यामिरगढी माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना गरिनेछ।
त्रिवेणी युवा क्लब, ज्यामिरगढी, झापाको पुरानो र ऐतिहासिक क्लबका रूपमा चिनिन्छ।