इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। आर्सनलले नर्थ लन्डन डर्बी भिडन्तमा टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो।
आर्सनलले पहिलो ३४ मिनेट भित्र तीन गोल गरेको थियो।
खेलको स्मिथ रोवीको गोलबाट आर्सनलले अग्रता लिएको थियो। उनलाई गोल गर्न बुकायो साकाले पास दिएका थिए।
२७ मिनेटमा आउबामेयाङले आर्नसलको अग्रता दोब्बर पार्दा साकाले ३४ मिनेटमा तेस्रो गोल गरेका थिए।
टोटेनहमका लागि सन मिनले खेलको ७९ मिनेटमा गोल फर्काए।
सिजनमा आर्सनलको यो तेस्रो जित हो। आर्सनल ६ खेलबाट ९ अंक बटुल्दै अंक तालिकाको दशौं स्थानमा छ। एघारौं स्थानको टोटेनहमको पनि ९ अंक नै छ।