अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।
त्यसक्रममा उनीहरूले एन्फाविरूद्ध चर्को नाराबाजी गर्दै धर्ना समेत दिएका छन्। धर्नामा एन्फाका पूर्वअध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पासहितका उपस्थित थिए।
यो पनि : एन्फासँग ए डिभिजन क्लबका सात माग
यसअघि नेपाल फुटबल खेलाडी संघसँगको वार्तामा ए डिभिजन लिग चैत ३० गतेदेखि गर्ने सहमति भएको थियो। त्यहिँअनुरुप एन्फाले क्लबहरूलाई पत्राचार गरेको थियो। तर क्लबहरूले यो सहमतिलाई एकलौटी भनेको छ।
क्लबहरूको भनाइ छ, ‘आज एउटा निर्णय गर्ने, सम्झौता गर्ने भोलि कार्यान्वयन नगर्ने, आफ्नो खुसीले एकलौटी निर्णय गर्ने प्रवृत्तिप्रति हामी सरोकारवाला आजित भइसकेका छौ।’
सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी
-1773648328.jpg)
-1773648329.jpg)
-1773648329.jpg)
-1773648329.jpg)
-1773648329.jpg)
-1773648328.jpg)
-1773648327.jpg)
-1773648327.jpg)