नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
आइतबार भारतको गोवामा भएको समूहको दोस्रो खेलमा जित निकालेपछि नेपाल समूह विजेता भनेर अन्तिम चारमा पुगेको हो।
नेपालले दोस्रो खेलमा श्रीलंकामाथि २-० गोलको जित निकालेर समूह विजेता बनेको हो।
नेपालको जितमा रश्मि घिसिङले पहिलो हाफमा पहिलो गोल गरिन्।
दोस्रो हाफमा कप्तानको भूमिकामा रहेकी रेनुका नगरकोटेले नेपालको अग्रता दोब्बर पारिन्।
यसअघि नेपालले भुटानमाथि १-० गोलको जित निकालेको थियो।
श्रीलंकालाई हराएको भुटान समूह उपविजेता बनेको छ।
अब नेपालले सेमिफाइनलमा बुधबार भारत वा बंगलादेशमध्ये एक टोलीसँग खेल्नेछ।
भारत र बंगलादेशले आजै समूहको अन्तिम खेल खेल्दैछ। हार ब्यहोर्ने टोलीसँग नेपालले खेल्नेछ।