नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको हो।
जनकपुरका लागि तृतराज दासले सर्वाधिक ६१ रन बनाए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अभिषेक तिवारीले १० बलमा अविजित २४ रन बनाए। उनले १ चौका र २ छक्का प्रहार गरे।
मोइन अलीले १६ बलमा २१ रन बनाए। जिम्मी निशमले ११, कप्तान हरमीत सिंहले ९ र अनिल साहले पनि ९ रन जोडे। सैफ हसनले १ रन मात्रै बनाउन सके।
जनकपुरको सुरुवात भने राम्रो थियो। मोइन अली र तृतराज दासले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरे। मोइन २१ रन बनाएर आउट भए। त्यसपछि दासले सैफ हसनसँग दोस्रो विकेटका लागि ४ रन जोडे। सैफ १ रन बनाएर आउट हुँदा जनकपुरको स्कोर ५१ रन थियो।
दासले कप्तान हरमीत सिंहसँग तेस्रो विकेटका लागि २८ रनको साझेदारी गरे। हरमीत ९ रन बनाएर आउट भए। त्यसपछि दास र अनिल साहले चौथो विकेटका लागि १८ रन जोडे। अनिल ९ रनमा आउट भए।
पाँचौं विकेटका लागि दास र अभिषेक तिवारीबीच २० रनको साझेदारी भयो। दास ६१ रन बनाएर आउट भए। त्यसपछि अभिषेक र जिम्मी निशमले छैटौं विकेटका लागि २८ रन जोडे। निशम ११ रन बनाएर आउट भए। अन्तिम विकेटका रूपमा अमरसिंह रटेउला २ रनमा आउट भए।
पोखराका लागि बंगलादेशका स्टार अलराउन्डर शकिब अल हसनले घातक बलिङ गरे। उनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। शकिबले मोइन अली, सैफ हसन र हरमीत सिंहलाई आउट गरे।
चामिका करुणारत्नेले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। मेहदी हसनले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए भने मोहम्मद सैफउद्दीनले १ विकेट हात पारे।