सानिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउँने भएका छन्। अनलाइन सपिङ्गपोर्टल दराज केयमुसँगको सहकार्यमा साे छुट पाउँने भएका हुन्।
दराजको महाबचत बजार योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार पाँचसयसम्मको छुट प्राप्त गर्नेछन्।
क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम दुई हजार प्राप्त गर्नसक्ने छन्।
यो योजना साउन तीनदेखि साउन सात गतेसम्म लागू हुनेछ। उक्त समझदारी पत्रमा बैंकका डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमुका डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरे।
सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९५ एटिएम संचालनमा छन्। सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्गआउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा छुटको व्यवस्था छ।