नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्।
नेकपाको केन्द्रीय सदस्य २४९९ कायम गरिएको छ। यद्यपि त्यो कमिटीलाई अहिले महाधिवेशन आयोजक कमिटी भनिएको छ।
पार्टी एकतापश्चात बन्ने केन्द्रीय समिति १९९ सदस्यीय हुने सहमति छ।
मंगलबार झन्डै साढे २२ सयले मात्रै शपथ लिएका छन्। पूर्वमाओवादी केन्द्रबाट थप २ सय केन्द्रीय सदस्य टुंगिन बाँकी नै छ।
संयोजक प्रचण्ड र सह संयोजक माधवकुमार नेपालले भने ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंबाट शपथ ग्रहण गरे।
त्यसपछि प्रचण्डले बाँकी केन्द्रीय सदस्यहरूलाई शपथ गराएका थिए।
केन्द्रीय सदस्यहरूको भिड भएकाले उनीहरूलाई कार्यालयको प्राङ्गणमै शपथ गराइएको थियो।
तस्बिरहरूः
-ink-1768294300.jpeg)
-ink-1768294301.jpeg)
-ink-1768294301.jpeg)
-ink-1768294301.jpeg)
-ink-1768294302.jpeg)


