विभिन्न पार्टीका १७५ जनाले समानुपातिक बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका ११० जनाले नै उम्मेदवारी फिर्ता लिएका छन्। लोसपाले जनता समाजवादी पार्टी नेपालसँग एकता गरेपछि समानुपातिक बन्द सूचीबाट सबै उम्मेदवारले नाम लिर्ता लिएका हुन्।
लोसपाबाट नाम फिर्ता लिएका ३२ जना जसपाको बन्दसूचीमा परेका छन्।
त्यसपछि सबैभन्दा धेरै जनमत पार्टीका २० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १२ जनाले समानुपातिक सूचिबाट नाम फिर्ता लिएका छन्।
जनादेश पार्टी नेपालका ६, नेकपा एमालेका ५ जना, नेकपा (माओवादी)का ४ जना, राष्ट्रनिर्माण दलका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीका २ जनाले मात्र उम्मेदवारी फिर्ता लिएका हुन्।