सामाजिक सञ्जालमा दुई–चार लाइक
आयो कि पार्टी खोल्ने ट्रेन्ड आजकल
पाँच–छ लाइक आयो कि स्वतन्त्र उमेर दिने ट्रेन्ड
चाहे त्यो पत्रकार होस्, मोडल होस्,
गायक होस्, कन्टेन्ट क्रिएटर होस् वा युट्युबर।
किनकि उसलाई लाग्छ, फेसबुकको लाइक नै भोट हो
उसलाई लाग्छ, ऊ बिना देश कसैले बनाउन सक्दैन
ऊ बाहेक कोही पनि जान्ने सुन्ने छैन जस्तो लाग्छ
मोनेटाइजेसन सँगै उसको स्ट्याटस राष्ट्रवादी बनेका छन्
किनकि उसले कन्ट्रोभर्सीमा ध्यान खिचेको छ
गलत सन्देशलाई भड्काउँदै, आफ्नै व्यापार बढाइरहेको छ।
अन्त्यमा,
मेयरले नगरपालिकालाई चलाउने हो
डाक्टरले बिरामी जाँच्ने हो
पत्रकारले समाचार दिने हो
गायकले गीत गाउने हो
मोडलले मोडलिङ गर्ने हो
र
सबैले आफ्नो आफ्नो काम गरे
देश कसरी बन्दैन र?