जननायक बी.पी. कोइराला स्मृति ट्रस्टले बी.पी. साहित्य सम्मान पुरस्कार-२०७७ वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई दिने भएको छ।
उनलाई एक लाख एक हजार रुपैयाँ धनराशीसहित पुरस्कृत गरिनेछ।
त्यस्तै, सेनानी सम्मान पुरस्कार होमनाथ दाहालले पाएका छन्।
उनलाई धनराशी ५१ हजार रुपैयाँ दिने ट्रस्टका कार्यकारी निर्देशन राजेन्द्र पराजुलीले जानकारी दिए।
नेपाल र दाहाललाई पुरस्कृत गर्ने निर्णय ट्रस्टका कोषाध्यक्ष श्री पुरूषोत्तम बस्नेतको संयोजकत्वमा बसेको बैठकले निर्णय गरेको थियो।
यी पुरस्कार भदौ २४ गते बी.पी. जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने समारोहमा प्रदान गरिने छ।
ट्रस्टले हरेक वर्ष बी.पी. साहित्य सम्मान पुरस्कार र बी.पी. सेनानी सम्मान पुरस्कार दिँदै आएको छ।
गत वर्ष बी.पी. साहित्य सम्मान तिल विक्रम नेवाङ (बैरागी काहिला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिएको थियो।