ओम प्रतिक लिखित तथा निर्देशित फिल्म 'मोहर' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार पल शाह, बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ। पोस्टरमा पल शाहलाई रिसाएको देख्न सकिन्छ। बेनिशाको अनुहारमा डर भाव छ नीति हर्षित मुद्रामा देखिन्छिन्।
चुम्बन जंग शाहीले निर्माण गर्ने फिल्ममा मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल-कलाकार सारा शर्माको पनि अभिनय छ।
फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा दीपेन बस्न्यातको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ। लक्ष्मणराज पौडेल निर्माण नियन्त्रक रहेको फिल्मको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको हो।
यो फिल्म साउन २३ गतेदेखि प्रदर्शन हुनेछ।
