दयाहाङ राई र रिश्मा गुरूङ अभिनीत फिल्म 'रिमै' को अग्रिम टिकट बुकिङ खुला भएको छ।
बुधबारदेखि बुकिङ खुलाउन सुरू गरिएको फिल्मको बिहीबार दिउँसोसम्म देशका अधिकांश मल्टिप्लेक्सदेखि सिंगल हलहरूले शो तालिका सार्वजनिक गरिसकेका छन्।
देशकै ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई पहिलो दिन शुक्रबारका लागि काठमाडौं उपत्यकामा १४ शो र मोफसलमा १८ शो उपलब्ध गराएको छ। दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना पाँच आउटलेटमा ५ शो, वान सिनेमाजले ७, बिग मुभिजले २, एफक्युब सिनेमाजले ३, बिएसआर मुभिजले २, रञ्जना सिनेप्लेक्सले ५, सिके सिनेमाजले २, सिने डी सेफले २ शो उपलब्ध गराएका छन्।
हलमा दर्शकको चाप बढ्दै गएको खण्डमा शो अझ थपिदै जाने विश्वास निर्माण टिमको छ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको 'रिमै' खिलबहादुर गुरूङले निर्देशन गरेका हुन्। गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा वीरवल घले कार्यकारी निर्माता र टिका गुरूङ, जित यात्री गुरूङ र दुन बहादुर घले निर्माता छन्।
बिनु गुरूङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता हुन्।
फिल्ममा दयाहाङ र रिश्मासहित अर्पण थापा, गौमाया गुरूङ, कविता आले मगर, माओत्से गुरूङ, पुस्कर गुरूङ, वीरमाया गुरूङ, वीरवल घले, डिवी गुरूङ, टेक गुरूङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरूङ र प्रश्ना राना मगर लगायतको अभिनय छ।
यो पनिः
काजीलाई छाडेर कहाँ गएकी थिइन् मैयाँ?