फिल्म ‘मुगलान’ को गीत 'मेरो प्रियतम' रिलिज भएको छ।
सोमबार सार्वजनिक यो गीतमा फिल्मका मुख्य कलाकार अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाल फिचर्ड छन्। प्रेमिल गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ।
गीतलाई सिर्जना लम्सालले लेखेकी हुन् भने किरण भुसालको संगीत, रिदम कँडेलको संगीत संयोजन छ। भिडिओमा देबेन्द्र कुँवरको कोरियाग्राफी, अजय रेग्मीको छायांकन छ।
रेहान प्रोडक्सनको ब्यानरमा बनेको 'मुगलान' मा प्रभात पाल र स्मारिकाका साथमा श्री शिवांशी, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बास्तोलालगायत कलाकारहरूको अभिनय छ।
आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको फिल्मको निर्माता गोमन सिंह हुन्। सह–निर्मातामा रिता चौधरी छिन्।
'मुगलान' आगामी पुष १० गतेदेखि प्रदर्शनमा आउनेछ।