चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्महरूको आधिकारिक कमाइ सार्वजनिक गरेको छ।
बोर्डले पाँच नेपाली फिल्महरूको सिनेपाः बक्स अफिस कलेक्सनको पछिल्लो शनिबारसम्मको विवरण सोमबार सार्वजनिक गरेको हो।
विवरणअनुसार, फिल्म 'जेरी अन टप' ले ५१ दिनसम्ममा घरेलु बक्स अफिसमा १२ करोड २६ लाख ६ हजार २४० रूपैयाँ ग्रस कमाइ गरेको छ।
शनिबार ५१ दिन मनाएको फिल्मको उक्त दिनसम्ममा ३ लाख ९१ हजार ९९२ टिकट बिक्री भएका छन्। यो फिल्म असोज ३१ गते रिलिज भएको थियो।
त्यस्तै, कात्तिक १४ गते रिलिज फिल्म 'परान' ले पछिल्लो शनिबारसम्म १६ करोड ९७ लाख ९३ हजार ३५४ रूपैयाँ ग्रस कमाइ गरेको छ। यो अवधिमा फिल्मको ५ लाख ९८ हजार ३०९ टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
कात्तिक २१ गते रिलिज 'जारी २' को २ लाख ७ हजार ७१४ वटा टिकट बिक्री भएको छ। उक्त संख्यामा टिकट बिक्री हुँदा फिल्मले ६ करोड २३ लाख ६९ हजार २०० रूपैयाँ ग्रस कमाएको छ।
'जारी २' सँगै रिलिज ‘मन बिनाको धन’ को १ लाख ४५ हजार ५९ वटा टिकट बिक्री भएको छ। पछिल्लो शनिबारसम्म उक्त संख्यामा टिकट बिक्री हुँदा फिल्मले ३ करोड ७९ लाख २ हजार ८७९ रूपैयाँ कमाइ गरेको छ।
मंसिर १२ गते रिलिज 'हर्ष' को टिकट बिक्री संख्या ८ हजार ४३६ छ। यो फिल्मले शनिबारसम्ममा २८ लाख २ हजार ३४६ रूपैयाँ ग्रस कमाएको विकास बोर्डको विवरणमा उल्लेख छ।
