चलचित्र विकास बोर्डले माघ २४ गतेसम्मको नेपाली फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार फिल्म 'आ बाट आमा' ले गत शनिबारसम्म सिनेपाः बक्सअफिसमा ४ करोड ८० लाख ९० हजार ४८७ रूपैयाँ ग्रस कमाएको छ। ९ दिनसम्मको अवधिमा फिल्मको १ लाख ७६ हजार ५५२ वटा टिकट बिक्री भएका छन्।
सोही फिल्मसँग एकसाथ रिलिज भएर केही दिनमै प्रदर्शन स्थगित गरिएको फिल्म 'द ब्लु लाइट' को कमाइ ३ लाख १९ हजार रूपैयाँ छ। यो फिल्मको ८३२ वटा टिकट बिक्री भएका छन्।
माघ १ गते रिलिज फिल्म 'गोबर गणेश' को कमाइ १ करोड ४० लाख २७ हजार ७६६ रूपैयाँ पुगेको छ। फिल्मको ४९ हजार ५३१ वटा टिकट बिक्री भएका छन्।
पुस ४ मा रिलिज 'झरीपछिको इन्द्रेणी' ले १ करोड २९ लाख ५५ हजार ११९ रूपैयाँ ग्रस कमाएको छ। फिल्मको ४० हजार ८९९ वटा टिकट बिकेका छन्।
गत शुक्रबार रिलिज 'कुमारी' र 'रमिताको पिरती' को बक्स अफिस कमाइको विवरण भने आगामी सोमबार सार्वजनिक हुनेछ।