फिल्म 'आबाट आमा' ले घरेलु बक्स अफिसमा ८ करोड रूपैयाँभन्दा बढी कमाइ गरेको छ।
माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सिनेपाः बक्सअफिसमा फागुन २ गतेसम्म ८ करोड ३१ लाख ८७ हजार ७८९ रूपैयाँ ग्रस कमाइ गरेको हो।
उक्त कमाइ हुँदा फिल्मको ३ लाख १० हजार ३२३ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
चन्द्र पन्त निर्देशक रहेको फिल्म तेस्रो सातामा प्रदर्शनरत छ।
फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेतीलगायत कलाकारहरूको अभिनय छ।
'आबाट आमा' भावनात्मक पारिवारिक कथामा आधारित फिल्म हो। यसले आमाछोराबीचको गहिरो सम्बन्ध र त्यसमा जोडिने पीडा, माया र त्यागको कथा भन्छ।