प्रदर्शन तयारीमा रहेको फिल्म 'हामी तीन भाइ' को लिरिकल गीत 'मैले जति दुःख...' सार्वजनिक गरिएको छ।
निर्माण टिमले सार्वजनिक गरेको यो मार्मिक गीतमा बाबुल गिरीको शब्द, स्वर तथा संगीत छ।
गीतले दुःख, पीडा र संघर्षको कथालाई भावुक ढंगले प्रस्तुग गर्छ। आफ्ना दुःख-कष्ट अरूले भोगेका भए सायद भगवान् पनि रून्थे भन्ने भाव गीतमा व्यक्त गरिएको छ। गीत अत्यन्त मार्मिक रहेको छ र यसमार्फत फिल्मको कथाको केही अंश झल्काउन खोजिएको अनुमान गर्न सकिन्छ।
'हामी तीन भाइ' मधुसूदन भट्टराईको कथा तथा निर्देशनमा बनेको हो। फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जनलगायत कलाकारहरूको अभिनय छ।
प्रसिद्धि सिने आर्टस् प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मको निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन्। साथै कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे र विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। शिव ढकालको छायांकन रहेको फिल्मको सम्पादन बनिश शाहले गरेका हुन्। ‘हामी तीन भाइ’ चैत १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
भिडिओः