दिनेश राउत निर्देशित फिल्म 'कुमारी' ले घरेलु बक्स अफिसमा ६३ लाख २४ हजार रूपैयाँ ग्रस कमाइ गरेको छ।
पछिल्लो शनिबार (फागुन ९)सम्म फिल्मले सिनेपाः बक्सअफिसमा उक्त कमाइ गरेको हो। सो अवधिमा फिल्मको १९ हजार ३७९ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, 'कुमारी' सँग एकैदिन रिलिज सुदिप्ता निर्देशित 'रमिताको पिरती' ले २५ लाख ५५ हजार रूपैयाँ कमाएको छ। यो फिल्मको ७ हजार ८०३ वटा टिकट बिक्री भएका छन्। यी दुवै फिल्म माघ २३ गतेदेखि एकसाथ प्रदर्शनमा आएका थिए।
चलचित्र विकास बोर्डले 'आबाट आमा', 'बिगुल', 'श्री बुकुरो' र 'शिवांस' को बक्स अफिस रिपोर्ट समेत सार्वजनिक गरेको छ।
विवरणअनुसार चन्द्र पन्त निर्देशित 'आबाट आमा' को कमाइ ११ करोड २४ लाख पुगेको छ। 'बिगुल', 'श्री बुकुरो' र 'शिवांस' ले भने बक्स अफिसमा १० लाख रूपैयाँ पनि कमाउन सकेका छैनन्।
फागुन १ मा रिलिज यी तीन फिल्मको प्रदर्शन सम्बन्धित निर्माताले स्थगित गरिसकेका छन्।
