फागुन २१ मा हुने निर्वाचनका दिन नेपालको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सबै सिनेमा हल बन्द हुने भएका छन्।
क्यूएफएक्सले आइतबार एक सूचना जारी गर्दै निर्वाचनलाई सहजीकरण गर्न फागुन २१ गते देशभर रहेका क्यूएफएक्सका सम्पूर्ण हलहरू बन्द हुने जनाएको हो।
साथै, कर्मचारीहरूलाई मतदान गर्न प्रोत्साहन गरिएकाले फागुन २० र २२ गते केही स्थानका हलहरूको सेवा प्रभावित हुने समेत जनाएको छ।
दर्शकलाई हलमा जानुअघि क्यूएफएक्सको आधिकारिक एप वा वेबसाइटमार्फत जानकारी लिन आग्रह गरिएको छ।
निर्वाचन अवधिभर दर्शकहरूको साथ र समझदारीको अपेक्षा व्यक्त गर्दै क्यूएफएक्सले सबै नागरिकलाई आफ्नो मताधिकार प्रयोग गर्न पनि अनुरोध गरेको छ।
