चलचित्र विकास बोर्डले सर्वाधिक कमाइ गर्ने ३१ नेपाली फिल्मको सूची सार्वजनिक गरेको छ। बोर्ड स्थापना यता ७ करोड रूपैयाँभन्दा माथि कमाइ गर्न सफल ब्लकबस्टर फिल्मको सूची सार्वजनिक गरिएको हो।
२६ वर्षयता ७ करोड रूपैयाँभन्दा बढी कमाइ गर्न सफल फिल्म ३१ रहेको बोर्डको विवरणमा उल्लेख छ। बोर्डले मंगलबार आफ्नो २६ औं वार्षिकोत्सवका अवसरमा यो सूची सार्वजनिक गरेको हो।
सूची २६ वर्षयताको भनिए पनि यो नेपाली फिल्मको ६० वर्ष लामो इतिहासको सर्वाधिक कमाउने फिल्मको विवरण हो।
सूचीको अग्रपंक्तिमा छ, 'पूर्णबहादुरको सारंगी'। २०८१ सालमा प्रदर्शनमा आएको यो फिल्मले ४६ करोड ८७ लाख रूपैयाँभन्दा बढी ग्रस कमाएको छ।
दोस्रो नम्बरमा छ, 'कबड्डी ४'। २०७९ सालमा प्रदर्शनमा आएको यस फिल्मले २१ करोड ४० लाख रूपैयाँभन्दा बढी कमाइ गरेको छ।
सर्वाधिक कमाउने तेस्रो नम्बरमा '१२ गाउँ' छ। २०८१ सालमा प्रदर्शनमा आएको यो फिल्मले १९ करोड ९२ लाख रूपैयाँ बढी कमाएको छ।
चौथो नम्बरमा फिल्म 'परान' छ। २०८२ सालमा रिलिज यो फिल्मले १७ करोड ७६ लाख रूपैयाँभन्दा बढी कमाएको छ। पाँचौं नम्बरमा फिल्म 'छक्का पञ्जा ४' रहेको छ। १७ करोड ५३ लाख रूपैयाँभन्दा बढी कमाएको यो फिल्म २०७९ सालमा रिलिज भएको थियो।
यस्तो छ ३१ फिल्मको सूची र कमाइ विवरण
१. पूर्णबहादुरको सारंगी– ४६ करोड ८७ लाख रूपैयाँ
२.कबड्डी ४– २१ करोड ४० लाख रूपैयाँ
३. १२ गाउँ– १९ करोड ९२ लाख रूपैयाँ
४. परान– १७ करोड ७६ लाख रूपैयाँ
५. छक्का पञ्जा ४– १७ करोड ५३ लाख रूपैयाँ
६. जारी– १७ करोड ४८ लाख रूपैयाँ
७. छक्का पञ्जा १– १६ करोड १० लाख रूपैयाँ
८. महाजात्रा– १५ करोड ६७ लाख रूपैयाँ
९. छक्का पञ्जा ५– १५ करोड २० लाख रूपैयाँ
१०. कोहिनूर– १४ करोड ७५ लाख रूपैयाँ
११. छक्का पञ्जा २– १४ करोड ५१ लाख रूपैयाँ
१२. आबाट आमा– १३ करोड २० लाख रूपैयाँ
१३. शत्रु गते– १२ करोड ६५ लाख रूपैयाँ
१४. जेरी अन टप– १२ करोड २८ लाख रूपैयाँ
१५. ऊनको स्वीटर– १० करोड ६२ लाख रूपैयाँ
१६. कबड्डी कबड्डी– १० करोड ३५ लाख रूपैयाँ
१७. बोक्सीको घर– १० करोड १० लाख रूपैयाँ
१८. छ माया छपक्कै– ९ करोड ९२ लाख रूपैयाँ
१९. लालीबजार– ९ करोड ३१ लाख रूपैयाँ
२०. लुट २– ९ करोड २१ लाख रूपैयाँ
२१. दिमाग खराब– ८ करोड ९८ लाख रूपैयाँ
२२. अञ्जिला– ८ करोड ८३ लाख रूपैयाँ
२३. परदेशी २– ७ करोड ९२ लाख रूपैयाँ
२४. छक्का पञ्जा ३– ७ करोड ८३ लाख रूपैयाँ
२५. प्रेम गीत ३– ७ करोड ६३ लाख रूपैयाँ
२६. कबड्डी कबड्डी कबड्डी– ७ करोड ५९ लाख रूपैयाँ
२७. पुजार सार्की– ७ करोड ३८ लाख रूपैयाँ
२८. महापुरूष– ७ करोड ३५ लाख रूपैयाँ
२९. कबड्डी– ७ करोड ३४ लाख रूपैयाँ
३०. पशुपति प्रसाद २ः भस्मेडन– ७ करोड ३२ लाख रूपैयाँ
३१. आगो– ७ करोड २० लाख रूपैयाँ
यीमध्ये 'आगो' वि.स. २०५८ सालमा रिलिज भएको थियो। अन्य सबै फिल्म २०७० सालयता रिलिज फिल्म हुन्।
बोर्डका अनुसार यस्तो सूचीले नेपाली चलचित्र उद्योगको व्यावसायिक विकास, बजारको विस्तार तथा दर्शकसँगको सम्बन्धलाई अभिलेखीकरण गर्ने काम गर्नेछ।