चलचित्र विकास बोर्डले नेपाली फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
बोर्डले सोमबार ९ नेपाली फिल्मको आइतबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको हो।
विवरणअनुसार पछिल्लो समय प्रदर्शनमा रहेकामध्ये 'पेन्सन पट्टा' ले राम्रो कमाइ गरिरहेको छ भने 'बाः एक योद्धा'को कमाइ सुखद् देखिन्छ।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको 'पेन्सन पट्टा'ले आइतबारसम्म ९ करोड ८८ लाख ९२ हजार १८८ रूपैयाँ ग्रस कमाएको छ। फिल्मका ३ लाख ४७ हजार ८८२ टिकट बिक्री भएका छन्।
सोही दिन प्रदर्शनमा आएको फिल्म 'बेहुली'को कमाइ भने तुलनात्मक रूपमा सुस्त देखिएको छ। फिल्मले हालसम्म २ करोड ९९ लाख ४० हजार ७२४ रूपैयाँ ग्रस कमाएको छ। यसका १ लाख ६ हजार ५४३ टिकट बिक्री भएका छन्।
यस्तै, असोज ९ गतेदेखि प्रदर्शनमा आएको फिल्म 'बा: एक योद्धा'को ग्रस कमाइ ३ करोड रूपैयाँ नाघेको छ। फिल्मले हालसम्म ३ करोड ५ लाख २२ हजार ५०२ रूपैयाँ कमाएको हो। यसको टिकट बिक्री संख्या १ लाख ७ हजार ५३३ रहेको छ।
'बाः एक योद्धा'सँगै प्रदर्शनमा आएको फिल्म 'आचार्य'को कमाइ भने तुलनात्मक रूपमा कम छ। फिल्मले १ करोड ६२ लाख २७ हजार ९४६ रूपैयाँ ग्रस कमाएको छ। यसको टिकट बिक्री संख्या ५६ हजार १९९ छ।
पछिल्लो समय प्रदर्शनमा आएका 'चमेलीको पोइ' र 'चंगुल'को कमाइ भने कमजोर देखिएको छ। सार्वजनिक विवरणअनुसार 'चमेलीको पोइ'ले ५ लाख ५० हजार २१० रूपैयाँ र ‘चंगुल’ले १ लाख ३८ हजार ३८० रूपैयाँ ग्रस कमाएको छ।
लामो समयदेखि प्रदर्शनरत फिल्म 'गौंथली'को कमाइ २६ करोड २ लाख नाघेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले हालसम्म २६ करोड २ लाख ७० हजार ५९० रूपैयाँ ग्रस कमाएको हो। फिल्मका ९ लाख ४४ हजार ६१२ टिकट बिक्री भएको विवरण उल्लेख छ।
यस्तो छ ९ फिल्मको ग्रस कमाइ
गौंथली: २६ करोड २ लाख ७० हजार ५९० रूपैयाँ
पेन्सन पट्टा: ९ करोड ८८ लाख ९२ हजार १८८ रूपैयाँ
बाः एक योद्धा: ३ करोड ५ लाख २२ हजार ५०२ रूपैयाँ
बेहुली: २ करोड ९९ लाख ४० हजार ७२४ रूपैयाँ
आचार्य: १ करोड ६२ लाख २७ हजार ९४६ रूपैयाँ
झिंगेदाउ २: १ करोड ४६ लाख १२ हजार ९१६ रूपैयाँ
तिमीहरू-एलिफेन्ट्स इन द फग: १ करोड ३१ लाख ६० हजार ५४५ रूपैयाँ
चमेलीको पोइ: ५ लाख ५० हजार २१० रूपैयाँ
चंगुल: १ लाख ३८ हजार ३८० रूपैयाँ