मितेश ताम्राकारले आफ्नो नयाँ गीत 'घिन्ताङ घिसी ट्वाक' सार्वजनिक गरेका छन्।
बैंकर समेत रहेका मितेशको आफ्नै शब्द तथा संगीत रहेको गीत झ्याउरे लयमा आधारित डान्स नम्बर हो।
गीतमा मौलिक संस्कृति र प्रेमको फ्युजन पाइन्छ। भक्तपुरको जीवन्त संस्कृति, ऐतिहासिक गल्लीहरू, दरबार क्षेत्र र यहाँ मनाइने विभिन्न चाडपर्वहरूलाई यसमा समेटिएको छ।
भक्तपुरका विभिन्न स्थान र चाडपर्वहरूमा एक जोडीको प्रेम कहानी र उनीहरूका पलहरूलाई भिडिओमा देखाइएको छ। भिडिओमा मोडल श्रीतिका श्रेष्ठको साथमा गायक मितेश स्वयंले अभिनय गरेका छन्।
फिरोज बज्राचार्यले गीतको संगीत संयोजन तथा मिक्स मास्टरिङको जिम्मेवारी सम्हालेका छन्। मादल तथा नेवारी बाजा धाः बिपु श्रेष्ठले बजाएका छन्।
भिडिओमा नृत्यको कोरियोग्राफी रोहिया महर्जनले गरेकी हुन् भने भिडिओको निर्देशन विश्वास बज्राचार्यले गरेका हुन्।
सोहन मानन्धरको छायांकन रहेको भिडिओ सम्पादन विजनराज बज्राचार्यले गरेका छन्।
मितेशको कुरा गर्दा, उनले यसअघि 'छाङ्गु मिखा', 'आकांक्षा', 'येन्या पुन्ही', 'प्रेमको गीत' लगायतका गीत सार्वजनिक गरिसकेका छन्। 'घिन्ताङ घिसी ट्वाक' मितेश रत्न ताम्राकारको अफिसियल युट्युबमा सार्वजनिक छ।
भिडिओः