बेलायतको ट्वीकेसबरी बरो काउन्सिलको काउन्सिलरमा नेपाली मुलकी रोजिना प्रधान राई विजयी भएकी छन्।
बिहीबार भएको निर्वाचनमा लिबरल पार्टीको तर्फबाट उमेद्वार बनेकी रोजिना विजयी भएकी हुन्।
रोजिना गैर आवासी नेपाली संघ(एनआरएनए)की उपाध्यक्ष समेत हुन्।
विजयी भएपछी सेतोपाटीसॅग कुराकानी गर्दै रोजिनाले निर्वाचित भएसॅगै समुदायमा काम गर्ने नया अवसर आएको बताइन्।
स्थानीय सडक,सरसफाइ,हाउजिङ,विद्यालय लगायतका क्षेत्रमा काम गर्नुपर्छ,’ उनले भनिन्, 'यो जितलाई मैले एउटा अवसरको रुपमा लिएको छु।बेलायतको राजनीतिका लागि यो सुरुवात पनि हो।’
२ दशकभन्दा लामो समयदेखि बेलायतमा बस्दै आएकी रोजिना प्रधान राई एनआरएनए युकेकी उपाध्यक्ष समेत भइसकेकी छन्। उनी बेलायत र नेपालका विभिन्न व्यवसाय र समाजसेवामा सक्रिय छन्।