नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा बसेको बैठक आजै दिउँसो साढे ३ बजे बस्नेगरी स्थगित भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) बारे छलफल भएको उनले जानकारी दिए। यसबारे छलफल चलिरहेको र अबको बैठकमा निष्कर्ष निकाल्ने उनले बताए।
यस्तै राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि पनि छलफल हुने उनले जनाए। स्थायी कमिटीले पारित गरेपछि उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिने र केन्द्रीय कमिटीमा पनि पारित भएपछि विधान महाधिवेशनमा प्रतिवेदन पेस गरिने उनले जानकारी दिए।