चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तरगत चार किलोमा पहिरो खस्दा सवारी आवागमन अवरूद्ध भएको छ।
शनिबार अपरान्ह पहिरो खस्दा बाटो पूर्णरूपमा अवरुद्ध भएको छ।
सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
पहिरो खस्ने क्रम पनि जारी रहेकोले पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ।