प्रहरीले छिन्नमस्ता गाउँपालिकाबाट तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरी तिरहुत गाउँपालिका-५ का २७ वर्षीय राजकुमार मेहता, १९ वर्षीय सिन्धु सदा र अग्निसाइर कृष्णसवरण गाउँपालिका-६ का २५ वर्षीय बैजु साह रहेका छन्।
उनीहरूलाई बिहीबार राति १० बजे छिन्नमस्ता गाउँपालिका-१ बरहीबाट पक्राउ गरिएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
बरही कोसी कर्णाल पम्प नहरको बाटोमा को२३प २७७३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरू पक्राउ परेको काफ्लेले बताए।
उनीहरूको साथबाट सय एमएलको १९० बोत्तल डाइलेक्स, डाइजेपाम दुई एमएलको ९५ एम्पुल र लिजेसिक दुई एमएस लेखिएको ९५ एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए।
पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान थालिएको उनले बताए।