ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा ३ दिन भित्र उपलब्ध गराउने भएको छ ।
कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको हो ।
अब उक्त कर्जा लिन चाहनेले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्र विना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने छन्।
यो कर्जा सुविधा ग्लोबल आइएमई बैंकका १४१ वटा शाखाहरु मार्फत् पाइने छ।
यस्तो ऋण नगतप्रवाहको आधारमा ५ लाख देखि देखि ६ करोडसम्म पाइने छ।