समता लघुवित्तले गएको आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा २ करोड ५६ लाख रुपैयाँले नाफा बढाएको छ।
अघिल्लो वर्ष २ करोड ५७ लाख रुपैयाँ नाफा गरेको कम्पनीले गएको वर्ष भने ५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ।
कम्पनीले ब्याज आम्दानी पनि ७४ प्रतिशत बढाएर १२ करोड ३४ लाख पुर्याएको छ। १ अर्ब ७१ करोड ऋण लगानी गरेको कम्पनीको खराब कर्जा १.९२ प्रतिशत रहेको छ।
प्रतिशेयर आम्दानी २६ रुपैयाँ भएको कम्पनीको चुक्ता पुँजी १९ करोड ११ लाख रुपैयाँ रहेको छ।