बैंक अफ काठमाण्डू र फिल गुड बार एण्ड ग्रिलबीच सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, पिओएस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट व्यवस्था गरिएको छ।
फिल गुड बारले एयरपोर्ट मोड बिराटनगरबाट सेवा दिइरहेको छ।
हाल बैंक अफ काठमाण्डू ले ९७ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सनमार्फत सेवा दिइरहेको छ।