आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से २७.५९ अंकले घटेर २६१४.५५ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
अघिल्लो कारोबार दिन ८ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार ६ अर्ब ६९ करोड रूपैयाँमा पुगेको छ।
यसदिन ३२४ वटा धितोपत्रको एक करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच भएको हो।
आइतबार ३४ कम्पनीको सेयरमूल्य बढेको छ भने २२० वटाको घटेको छ। यस्तै, ७ कम्पनी स्थिर छन्।
यसदिन साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३९९ रूपैयाँ ३० पैसा कायम भएको छ।
यस्तै, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.२६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३९५ रूपैयाँ ३० पैसा पुगेको छ।
यसैगरी, बुद्धभूमी नेपाल हाइड्रोपावरको मूल्य सर्वाधिक घटेको छ।
उक्त कम्पनीको मूल्य ८.९२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३४० रूपैयाँ पुगेको छ।
यस्तै, रिडी पावरको मूल्य ८.३३ प्रतिशतले घटेर कित्ता कित्ता मूल्य २९७ रूपैयाँ कायम भएको छ।
आइतबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३४२ रूपैयाँ १० पैसमा ६३ करोड ४२ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८.२८ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ। उक्त कम्पनीको २९७ रूपैयाँमा ३७ करोड ६० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक ३.६१ प्रतिशतले घटेको छ।