शुक्रबार नेप्से परिसूचक ३४.८५ अंकले घटेको छ। यस दिन नेप्से परिसूचक १.६२ प्रतिशतले घटेर २११३.३० बिन्दुमा पुगेर बन्द भएको छ।
शुक्रबार दुई घण्टामा कारोबारमा आएका २१३ वटा धितोपत्र तथा ऋणपत्रको २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४८ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।
शुक्रबार जोशी हाइड्रोपावर सेयर मूल्य सर्वाधिक ५.९१ प्रतिशतले बढेर अन्तिम मूल्य २६० रुपैयाँ कायम भएको छ। त्यस्तै, ग्लोबल आइएमई सम्मुनत स्किम १ को इकाई मूल्य ३.९४ प्रतिशतले बढेर ९ रुपैयाँ ७५ पैसा कायम भएको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा मैलुङ खोला जलविद्युत र गुहेश्वरी मर्चेण्ट रहेको छ। मैलुङ खोला जलविद्युतको सेयर मूल्य ७.१८ र गुहेश्वरी मर्चेण्टको सेयर मूल्य ६.४२ प्रतिशतले घटेर अन्तिम मूल्य क्रमशः ४७८ र ३५० कायम भएको छ।
शुक्रबार सर्वाधिक सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ। कम्पनीको १५ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९१ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.७५ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नबिल बैंक रहेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८१९ रुपैयाँमा १४ करोड १४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.८ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ३.४ प्रतिशतले घटेको छ। त्यस्तै व्यापार, विकास बैंक, लघुवित्त र लगानी समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको हो।